दफा ६
बोर्डको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त बोर्डको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ः–
(क) सेवा प्रणाली प्राप्त, निर्माण, विस्तार, सुधार तथा पुनस्र्थापना गर्ने गराउने,
(ख) सेवाको उपयोगसम्बन्धी नीति बनाई कार्यान्वयन गर्ने गराउने,
(ग) खानेपानीको दुरुपयोग रोक्ने तथा खानेपानी प्रदूषित हुन नदिने,
(घ) खानेपानीको स्रोत, वितरण तथा सरसफाई सम्बन्धमा अध्ययन, अनुसन्धान तथा सर्वेक्षण गर्ने गराउने,
(ङ) सेवा प्रणालीसम्बन्धी अल्पकालीन तथा दीर्घकालीन योजना तयार गरी कार्यान्वयन गर्ने गराउने,
(च) सेवा सञ्चालनको लागि आवश्यक पर्ने लगानी निश्चित गरी सोको योजना तयार गर्ने र आर्थिक स्रोतको व्यवस्था गर्ने गराउने,
(छ) सेवाको विस्तार तथा विकासका लागि आवश्यक पर्ने रकमको स्रोत पहिचान गरी प्राप्त गर्ने,
(ज) प्रचलित कानूनबमोजिम सेवाको महसुल दर निर्धारण गराउने,
(झ) गुणस्तरयुक्त र प्रभावकारी सेवा प्रदान गर्न आवश्यक प्रबन्ध गर्ने,
(ञ) सेवाप्रदायकलाई सेवा प्रदान गर्न अनुमतिपत्र प्रदान गर्ने वा सेवाप्रदायकसँग सम्झौता गरी सेवा प्रदान गराउने,
(ट) उपभोक्तालाई प्रदान गर्ने सेवाबापत निर्धारित महसुल असूल गर्ने गराउने,
(ठ) सेवाप्रदायकले सेवा प्रदान गर्दा कुनै उपभोक्तालाई पीरमर्का पर्न गएमा सोउपर सुनुवाई गरी उपयुक्त उपचार दिने,
(ड) सेवा सञ्चालनका लागि आवश्यक पर्ने तोकिएबमोजिमका अन्य काम गर्ने ।